images
images
  • खुमलटारमा एउटा भावुक भेट: प्रचण्ड पत्नी सीताले जब विप्लवलाई चिनेपछि…

    काठमाडौं । बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनकै निवास खुमलटारमा पुगेका थिए, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ । भेटमा ओली सरकारसँग गरिएको ३ बुँदे सहमति कार्यन्वयनका विषयमा अध्यक्ष प्रचण्डसँग घनिभूत छलफल भयो । छलफलमा प्रचण्डले विप्लवको प्रस्तावलाई सहयोगमात्र होइन कार्यान्व्यन नै गर्ने आश्वासन दिए । प्रचण्डको आश्वासनले विप्लव पनि आशावादी बने ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच भेटको एउटा भावुक तस्बिर सार्वजनिक भएको छ।

    जनयु’द्धकालका आफ्ना कमान्डर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्न बुधबार विप्लव प्रचण्ड निवास ९खुमलटार० पुगेका थिए।त्यस क्रममा उनको भेट प्रचण्डकी पत्नी सीता दाहालसँग पनि भएको हो।

    कुराकानीपश्चात् अन्तमा विप्लवले प्रचण्ड पत्नी सीता दाहाललाई पनि भेटे । सुरुमा त सीताले विप्लवलाई चिन्न सकेनन् । तर, विप्लवले आफ्नो परिचय दिएपछि सीताले उनलाई ठम्याइन् र गहँभरी आँसु पारिन् । त्यसपछि विप्लव पनि भावुक बने । केही भन्न सकेनन्, सीताको अवस्था देखेर ।

     

    प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा सेयर गरेको यो तस्बिरको क्याम्पसनमा लेखेकी छन्, ‘पुनर्मिलनको एउटा तस्बिर‘१’ अहिले सीता दाहाल बिरामी छिन्। प्रचण्डको सचिवालयका अनुसार सशस्त्र माओवादी विद्रोहका एक योद्धा विप्लवले ५ वर्षभन्दा बढी समयपछि सीता दाहालसँग भेट गरेका हुन्।त्यो भेटमा उनीहरूबीच कति आत्मीयता झल्किएको छ, त्यो कुरा तस्बिरले नै प्रस्ट पार्छ।

    सीता लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी ९पीएसपी० बाट ग्रसित छिन् । उनका उपचारका लागि कयौँ कोसिस गरिए । उनको अवस्थामा केही सुधार भए पनि पछिल्लो समय उनी बोल्न र कसैलाई हत्तपत्त चिन्न सक्दिनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images