images
images
  • कांग्रेसले केन्द्रीय सदस्यसहित १९ जनालाई कारबाही गर्‍यो किन ?

    काठमाडौं– नेपाली कांग्रेस कपिलवस्तुले पार्टीको आधिकारिक निर्णयविरुद्ध छोरा आशिष शर्मालाई स्वतन्त्र उम्मेदवार बनाएको भन्दै पूर्वकेन्द्रीय सदस्य दीपकुमार उपाध्यायलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।

    कपिलवस्तु–१ मा आशिष शर्माले स्वतन्त्र उम्मेदवारी दिएपछि मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले उपाध्यायसहित बागी उम्मेदवार आशिष शर्मा, क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ लगायत १९ जनामाथि कारबाही सिफारिस गरेको जिल्ला सभापति अब्दुल कलामले जानकारी दिए ।

    जिल्ला अनुशासन समितिको सिफारिसअनुसार उनीहरूलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्न लुम्बिनी प्रदेश समिति र केन्द्रीय अनुशासन समितिमा पठाइएको हो ।

    यस क्षेत्रमा कांग्रेसले अतहर कमाल मुसलमानलाई आधिकारिक उम्मेदवार बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images