काठमाडौं– महाशिवरात्रिको ड्युटीका क्रममा पशुपतिनाथ मन्दिर क्षेत्रमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर ठुलदमार घर भई हाल काठमाडौं महानगरपालिका–१३ चागल बस्दै आएका २५ वर्षीय रिजन श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए ।
श्रेष्ठले ड्युटीमा खटिएका एक प्रहरीको छातीमा लात्ती प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटना सार्वजनिक भएको थियो ।
तर, प्रारम्भमा आक्रमण गर्ने व्यक्तिको पहिचान खुल्न सकेको थिएन ।
मंगलबार प्रहरीले सूचना जारी गर्दै घटनामा संलग्न युवकको पहिचानका लागि नागरिकसँग सहयोग आह्वान गरेको थियो ।
सोही आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्























