images
images
  • टिपरले स्कुटरलाई ठक्कर दिँदा १ को मृत्यु, मृतकका आफन्त र प्रहरीबीच तनाब, सडक अवरुद्ध

    काभ्रे– अरनिको राजमार्गअन्तर्गत बनेपामा टिपर र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

    बनेपा दूरसञ्चार कार्यालय नजिकै बुधबार बिहान भएको दुर्घटनामा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

    दुर्घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको छ ।

    आक्रोशित स्थानीय बासिन्दाले ठक्कर दिने टिपरमा आगजनी गरेका छन् भने प्रदर्शन अझै जारी रहेको छ ।

    प्रदर्शन नियन्त्रणमा लिन खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

    हाल प्रदर्शनकारीले अरनिको राजमार्ग अवरुद्ध पार्दै विरोध जारी राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images