images
images
  • सुन–चाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

    काठमाडौं– आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मंगबारको तुलनामा आज सुन तोलामा रु एक हजार ५०० ले घटेको छ भने चाँदी रु पाँचले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ४०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८८० निर्धारण भएको छ ।

    हिजो मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८८५ निर्धारण भएको छ ।

    गत सोमबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८६० निर्धारण भएको छ ।

    साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन रु तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी रु चार हजार ९८५ मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९२० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images