काठमाडौं- आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत भारतको मुम्बईको प्रसिद्ध वानखेडे रंगशालामा अहिले नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ।
टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले पहिलो विकेटका लागि ८० रनको साझेदारी गरेको छ।
पहिलो विकेटको साझेदारी नेपालका कप्तान रोहितकुमार पौडेलले तोडेका छन्। रोहितले दशौं ओभरको अन्तिम बलमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सेलाई २७ रनमा आउट गरे।
रिभर्स स्विप गरेका मन्सेलाई रोहितले लङ अनमा सन्दीप जोराबाट क्याच गराए। उनले २९ बलमा चार चौका प्रहार गरे।
खेलमा स्कटल्यान्डका अर्का ओपनर माइकल जोन्स भने अर्धशतक बनाएर खेलिरहेका छन्।
त्यसअघि स्कटल्यान्डले ६ ओभरको पावरप्लेमा विनाविकेटको क्षतिमा ५२ रन बनाएको छ।
खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। करण केसीको स्थानमा सन्दीप जोराले खेल्दैछन्।
यससँगै नेपालको १५ सदस्यीय टोलीमध्ये १४ खेलाडीले यसपटक बसिर अहमदले मात्र मौका पाउन सकेनन्।
नेपालको प्लेइङ-११
कुशल भुर्तेल
आसिफ शेख (विकेटकिपर)
रोहित पौडेल (कप्तान)
दीपेन्द्र सिंह ऐरी
आरिफ शेख
सन्दीप जोरा
लोकेश बम
गुलशन झा
सोमपाल कामी
नन्दन यादव
सन्दीप लामिछाने


विश्व खबर 



















