images
images
  • टी–२० विश्वकपबाट एकैदिन बाहिरिए तीन टोली

    काठमाडौं– टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा क्यानडाका १९ वर्षीय ब्याटर युवराज सिंह सामराले ऐतिहासिक शतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

    न्युजिल्यान्डसँगको खेलमा सामराले पुरुष टी–२० विश्वकपमा शतक प्रहार गर्ने पहिलो एसोसिएट राष्ट्रका खेलाडी बने ।

    भारतीय लिजेन्ड युवराज सिंहको नामबाट प्रेरित यी युवा ब्याटरले न्युजिल्यान्डका बलरहरूलाई मैदानभरि परास्त गरे ।

    तर, अनुभवी न्युजिल्यान्डले आफ्नो सन्तुलित खेल प्रदर्शन गर्दै १७३ रनको लक्ष्य १५.१ ओभरमै दुई विकेटको क्षतिमा पूरा गर्‍यो ।

    ग्लेन फिलिप्सले ३६ बलमा नटआउट ७६ रन बनाए ।

    यससँगै क्यानडाको विश्वकप यात्रा समाप्त भयो। समूह ‘डी’ बाट सुपर–८ मा दक्षिण अफ्रिका र न्युजिल्यान्ड पुगेका छन्, जबकि क्यानडा, अफगानिस्तान र युएई बाहिरिएका छन् ।

    सामराको परिवारको क्रिकेटसँग गहिरो सम्बन्ध छ, उनका पिता बलजित सामराले उनलाई भारतीय स्टार युवराज सिंहको नामबाट राखेका थिए ।

    यसअघि सामराले बहामासविरुद्ध १५ बलमै अर्धशतक प्रहार गरेर सनसनी मच्चाइसकेका थिए ।

    उनको यो इनिङ्सलाई विश्वकप इतिहासकै उत्कृष्टमध्ये एक मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images