images
images
  • एमाले त्यागेका जितेन्द्रनारायण देव कांग्रेसमा प्रवेश

    काठमाडौं– केही समयअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरेका जितेन्द्रनारायण देव पुनः नेपाली कांग्रेसमा फर्किएका छन् ।

    उनी यसअघि मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै कांग्रेस पुगेका थिए भने त्योभन्दा अघि मधेसी जनअधिकार फोरममा आबद्ध थिए ।

    देव २०६३ सालमा एमाले छाडेर मधेस आन्दोलनको राजनीतिमा सक्रिय भएका थिए र ०५४ सालमा एमालेको केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

    २०८१ असारमा कांग्रेस छाडेर एमाले प्रवेश गरेका उनले माघ १९ मा एमाले पनि त्यागेका थिए र केही समय निष्क्रियजस्तै रहे। तर कांग्रेसको विशेष महाधिवेशनपछि उनले पुनः कांग्रेसमै फर्किएको घोषणा गरेका हुन् ।

    मंगलबार जारी वक्तव्यमा उनले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वप्रति प्रतिबद्ध रहने र नयाँ नीति तथा सोचले देशको सामाजिक–राजनीतिक रूपान्तरणलाई निर्णायक ढङ्गले अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images