images
images
  • बंगलादेशका प्रधानमन्त्री तारिक रहमान र सांसदहरूद्वारा संसद्को शपथग्रहण

    काठमाडौं– बंगलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूले मंगलबार संसदको शपथ लिएका छन् ।

    उनीहरू सन् २०२४ को घातक विद्रोह पछि पहिलो पटक निर्वाचित प्रतिनिधि हुन ।

    शेख हसिनाको निरंकुश सरकार अपदस्द भए देखि १८ महिना सम्म देश चलाएको अन्तरिम सरकारबाट रहमानले पदभार ग्रहण गर्ने तयारी गरेको जनाइएको छ ।

    बंगलादेशका नव निर्वाचित सांसदहरूलाई मुख्य निर्वाचन आयुक्त एएमएम नासिर उद्दीनले शपथ खुवाएको जनाइएको छ ।

    बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का सांसदहरूले रहमानलाई औपचारिक रूपमा आफ्नो दलको नेताको रूपमा निर्वाचित गर्ने अपेक्षा गरिएको छ ।

    यसै बिच राष्ट्रपति मोहम्मद साहाबुद्दिनले मंगलबार दिउँसो प्रधानमन्त्री र मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ खुवाउने अपेक्षा गरिएको छ ।

    देशको सबैभन्दा शक्तिशाली राजनीतिज्ञ तथा बिएनपीका प्रमुख ६० वर्षीय रहमानको समुहले फेब्रुअरी १२ को चुनावमा जित हासिल गरेको थियो ।

    रहमानले लामो समयको उथल पुथलपछि स्थिरता पुनर्स्थापना गर्ने र विकासलाई पुनर्जीवित गर्ने प्रतिवद्धता गर्दै वर्षौँको कडा प्रतिद्वन्द्विताले ध्रुवीकृत भएको देशमा सबै दलहरूलाई एकजुट रहन पनि आह्वान गरेका छन् ।

    रहमानको जितले ढाकाको राजनीतिक आँधीबेहरीबाट टाढा रहेर बेलायतमा १७ वर्षको निर्वासन पछि डिसेम्बरमा बंगलादेश फर्केका मानिसका लागि उल्लेखनीय परिवर्तनको संकेत गरेको जनाइएको छ ।

    बिएनपी गठबन्धनले एक चौथाइभन्दा बढी २१२ सिट जितेको छ भने जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट जितेको छ ।

    जमातका नेता शफिकुर रहमानले पनि इस्लामवादी पार्टीले सतर्क, सैद्धान्तिक र शान्तिपूर्ण विपक्षको रूपमा काम गर्ने बनाएका छन् ।

    अपदस्त नेता हसिनाको अवामी लिग पार्टीलाई भने चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको थियो ।

    मानवता विरुद्धको अपराधका लागि मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले भारतमा लुकेर चुनावको निन्दा गरेका थिए ।

    यद्दपी भारतले बीएनपीको निर्णायक जीतलाई गहिरो तनावपूर्ण सम्बन्धबीच उल्लेखनीय परिवर्तनको आधा भन्दै प्रशंसा गरेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images