रुकुम पूर्व– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वको सिस्ने गाउँपालिकास्थित नेटामा रहेको शहीद स्मृति पार्क पुगेर शहीदको प्रतिमामा माल्यार्पण गरेका छन् ।
सो क्रममा उनले उपस्थित शहीद परिवारलाई सम्मान समेत व्यक्त गरे ।
मतदाता भेटघाटका सिलसिलामा सिस्ने–नायगाड पुगेका प्रचण्ड मंगलबार बिहान वाकिङ गर्दै शहीद पार्कसम्म पुगेका र्थि ।
वाकिङकै क्रममा उनले स्थानीय टोपबहादुर खत्रीको घरमा मकैको रोटी र दूधको नास्ता गरे ।
त्यसै क्रममा उनले प्वाङ स्वास्थ्य चौकीको निरीक्षण समेत गरेका थिए ।
आजै नायगाडमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जुन यस निर्वाचन अभियानअन्तर्गत प्रचण्डको पहिलो चुनावी सभा हुनेछ ।
रुकुम पूर्व प्रचण्डको निर्वाचन क्षेत्र हो ।
प्रतिक्रिया दिनुहोस्























