काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चीनले करिब ५८ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रस्ताव राखेको छ ।
अर्थमन्त्री रामेश्वर खनालले प्रस्ताव आएको पुष्टि गरे, तर अहिलेसम्म सम्झौता भएको छैन ।
चुनावका लागि भारत, जापान र यूएनडीपीले भने सहयोग गरिसकेका छन् ।
भारतले ६५० सवारी साधन उपलब्ध गराउनेछ, तीमध्ये ३१० भन्दा बढी सवारी तीन चरणमा वितरण भइसकेको छ ।
जापानले पहिले उपलब्ध गराएको सहयोगमा खर्च नभएको रकम प्रदान गरेको छ ।
यूएनडीपीले पनि विगतकै निरन्तरतामा आयोगलाई सहयोग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















