images
images
  • नेपाल बैंक र एभरेष्ट हस्पिटल प्रालिबीच सम्झौता

    काठमाडौं– मिति २०८२ साल मंसिर माघ २९ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवारहरुलाई काठमाडौं नयाँ वानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवारहरूलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि २० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

    सो सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत श्री दीपेन्द्र राज काफ्‌ले र एभरेष्ट हस्पिटल प्रालिको तर्फबाट सञ्चलाक समितिका सदस्य सैलेन्द्र महासेठले हस्ताक्षर गरेका छन् ।

    यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले एभरेष्ट हस्पिटल प्रालिद्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।

    Press release 7 page 0001

    प्रतिक्रिया दिनुहोस्
    images
    images