images
images
  • टी–२० विश्वकप : दीपेन्द्रले अर्धशतक बनाएसँगै वेस्ट इन्डिजलाई नेपालले दियो १३४ रनको लक्ष्य

    काठमाडौं– दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले आईसीसी टी–२० विश्वकपमा वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली सामु १ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनायो ।

    नेपालका लागि दीपेन्द्रले ४७ बलमा ५८ रन बनाए भने सोमपाल कामी २६ रनमा अविजित रहे ।

    सातौँ विकेटका लागि यी दुईबीच ५४ रनको साझेदारी भएपछि नेपाल सम्हालिएको थियो ।

    दीपेन्द्रको यो विश्वकपमा नेपाली खेलाडीबाट पहिलो तथा समग्रमा नेपालको दोस्रो अर्धशतक हो ।

    यसअघि सन् २०१४ मा सुबास खकुरेलले अर्धशतक बनाएका थिए ।

    शीर्षक्रमका ब्याटर चाँडै आउट हुँदा नेपाल सुरुमै दबाबमा परेको थियो ।

    वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ विकेट लिए भने अन्य बलरले समान १–१ विकेट हात पारे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images