काठमाडौं– सोमपाल कामी नेपालबाट टी–२० विश्वकपका तीन संस्करण खेल्ने एकमात्र क्रिकेटर बनेका छन् ।
आइतबार आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेल खेल्दै उनले यो उपलब्धि हासिल गरेका हुन् ।
यसअघि समूह ‘सी’ का इटाली र इंग्ल्यान्डविरुद्धका खेलमा भने उनी पहिलो रोजाइमा परेका थिएनन् ।
सोमपालले यसअघि सन् २०१४ मा पहिलो र २०२४ मा दोस्रो पटक टी–२० विश्वकप खेलेका थिए ।
भारत र श्रीलंकामा जारी यस संस्करणमा नेपालले दुई खेल खेलिसक्दा पनि जित निकाल्न सकेको छैन र अंकविहीन रहँदै समूहको पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















