images
images
  • वेस्ट इण्डिजविरूद्ध नेपालको खराब प्रदर्शन

    काठमाडौं– ICC Men’s T20 World Cup अन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले कमजोर सुरुवात गरेको छ ।

    सातौँ ओभरसम्म नेपालले ४ विकेट गुमाएको छ ।

    पछिल्लो विकेट आरिफ शेखको रह्यो, जसलाई जेसन होल्डरको बलमा म्याथ्यु फोर्डले क्याच आउट गरे ।

    आरिफले २ रन मात्रै बनाए ।

    यसअघि दुवै ओपनर र कप्तान पावरप्लेभित्रै आउट भएका थिए ।

    कुशल भूर्तेल पहिलो ओभरको अन्तिम बलमा १ रन बनाएर बोल्ड भए भने कप्तान रोहित पौडेल चौथो ओभरको पहिलो बलमा एलबिडब्लु आउट भए ।

    अर्का ओपनर आशिफ शेख पाँचौँ ओभरको पहिलो बलमा आउट भएका हुन् ।

    चार विकेटपछि लोकेश बम क्रिजमा आएका छन् ।

    आठौँ ओभर चलिरहँदा नेपालको स्कोर २६ रन पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images