काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउमा वृद्धि देखिएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो ।
यो वृद्धिसँगै बजारमा सुनको भाउ प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
गत साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ३ लाख ३ हजार ५ सय रुपैयाँ रहेको थियो ।
यस्तै आइतबार चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ ।
शुक्रबार प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















