images
images
  • सेयर बजार न घट्यो न बढ्यो, रह्यो स्थिर

    काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार झिनो अंकले घट्दै स्थिर जस्तै देखिएको छ ।

    कारोबार सुरु हुँदा २६६२.१४ अंकमा रहेको नेप्से ०.०४ अंक घटेर २६६२.१० बिन्दुमा बन्द भयो ।

    यस दिन १३३ कम्पनीको सेयर मूल्य घट्दा ११३ कम्पनीको बढ्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो ।

    अधिकांश समूहगत सूचक घटेका कारण बजारमा सुधार देखिन सकेन ।

    वित्त, होटल, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूह घटेका छन् भने बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी र निर्जीवन बीमा समूह बढेका छन् ।

    कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।

    बुधबार ३२९ कम्पनीका २ करोड २२ लाख ८२ हजार कित्ता सेयर ८ अर्ब ६९ करोड रुपैयाँमा कारोबार भयो, जुन मंगलबारको ८ अर्ब ६१ करोडभन्दा बढी हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images