images
images
  • सुनको मूल्यग्राफ झन् आकाशियो, प्रतितोला ३ लाख ६ हजारभन्दा बढीमा किनबेच (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा सुन–चाँदीको मूल्य लगातार वृद्धि भएको छ ।

    मंगलबारको तुलनामा दुवै धातुको मूल्य आज पनि बढेको हो ।

    नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल रु पाँच हजार २९० कायम भएको छ ।

    मङ्गलबार प्रतितोला सुन रु तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार २४० कायम भएको थियो ।

    गत सोमबार एक तोला सुन रु तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २५० मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन पाँच हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images