images
images
  • युक्रेनमा अत्यधिक चिसोका कारण ज्यान गुमाउनेको संख्या बढ्दै

    काठमाडौं- रुसले युक्रेनको ऊर्जा संरचनामा तीव्र आक्रमण बढाएपछि कठोर जाडोका बिच हाइपोथर्मिया (अत्यधिक चिसो) का कारण मृत्यु हुनेको संख्या बढिरहेको छ ।

    लगातारको ड्रोन र मिसाइल आक्रमणले लाखौँ जनता बिजुली, तातोपानी र केन्द्रीय हीटिङ प्रणालीबाट वञ्चित भएका छन् ।

    जनवरी ९ को राति रात रुसले २४२ ड्रोन र ३६ मिसाइल प्रहार हानेको थियो । यसमा पुटिनले उल्काजस्तै भनेको ओरेशनिक ब्यालिस्टिक मिसाइल पनि समावेश थियो ।

    यसलाई पश्चिमी वायु-प्रतिरक्षा प्रणालीले रोक्न नसक्ने दाबी गरिएको छ । आक्रमणमा चार जनाको ज्यान गयो भने दर्जनौँ घाइते भए । ठुलो मात्रामा ऊर्जा पूर्वाधार ध्वस्त भयो ।

    सन् २०२२ यता यस्ता दर्जनौँ आक्रमणले देशभर बिजुली र ताप आपूर्ति अवरुद्ध गरिरहेको छ । तापक्रम माइनस १० डिग्री सेल्सियसभन्दा तल झरेपछि सडक र निप्रो नदीमा बाक्लो हिउँले जमेको छ ।

    मानवीय संस्थाहरूले ऊर्जा पुनर्स्थापनालाई युद्धजस्तै आपत्कालीन प्राथमिकता दिन आग्रह गरेका छन् । अन्यथा जाडोका कारण मृत्यु अझै बढ्ने चेतावनी दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images