images
images
  • महोत्तरीमा भएको पुर्ख्यौली घर पुगे बालेन शाह

    काठमाडौं- रास्वपा वरिष्ठ नेता बालेन शाह महोत्तरीको एकडारा गाउँपालिकास्थित आफ्नो पुर्ख्यौली घरमा पुगेका छन्। चुनावलक्षित यात्रामा रहेका बालेन जनकपुरबाट जलेश्वर हुँदै सिधा गाउँको घर पुगेका हुन्।

    सुरुमा जनकपुरबाट धनुषाकै नगराईन र महोत्तरीको मटिहानी हुँदै जलेश्वर र एकडारा पुग्ने कार्यक्रम रहेपनि रुट परिवर्तनपछि उनी जनकपुरबाट जलेश्वरको बाटो गाउँ पुगेका हुन्।

    महोत्तरी क्षेत्र नं ३ मा पार्टीका उम्मेदवार उज्ज्वल झाको घरअगाडी गाडीबाटै उनले घन्टी बजाउँदै मतदातालाई अभिवादन गरेका थिए।

    उद्यपी उनले कुनै सम्बोधन गरेनन्। त्यसपछि आफ्नो घर पुगेर कुल देउता ढोगेर उनी अघि बढे। गाउँपालिका कार्यालय रहेको घरको दुई वटा कोठा बालेनकै परिवारले प्रयोग गर्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images