images
images
  • सेयर बजार दोहोरो अंकले गिरावट, कारोबार भयो कति ?

    काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार १०.२५ अंकले घट्दै ०.३८ प्रतिशत गिरावटसहित २६६२.१४ विन्दुमा बन्द भएको छ ।

    दिनभर उतारचढाव देखिए पनि अन्त्यमा बजार ओरालो लागेको हो ।

    आज ३२४ कम्पनीका २ करोड १७ लाखभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ८ अर्ब ६१ करोड रुपैयाँ नाघेको छ ।

    १३ उपसमूहमध्ये व्यापार र म्युचुअल फन्ड बाहेक सबै घटेका छन् ।

    व्यापार ०.५२ प्रतिशत र म्युचुअल फन्ड ०.१९ प्रतिशत बढ्दा विकास बैंक सबैभन्दा धेरै १.१५ प्रतिशतले झरेको छ ।

    कम्पनीगत रूपमा ७४ कम्पनीको मूल्य बढ्दा १७९ कम्पनी घटेका छन् भने ७ कम्पनी स्थिर रहे ।

    कालिञ्चोक दर्शन लिमिटेड ६.३६ प्रतिशत नाफासहित अग्रस्थानमा रहँदा कर्पोरेट डेभलपमेन्ट बैंक ५.२४ प्रतिशत गिरावटसहित सर्वाधिक गुमाउनेमा परेको छ ।

    कारोबार रकमका आधारमा अपि पावर शीर्षमा रह्यो, अरुण काबेली पावर, रिडी पावर र युनियन हाइड्रोपावरको पनि उल्लेख्य कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images