images
images
  • टी-२० विश्वकप २०२६ : तीन प्रतिस्पर्धा, कुन-कुन टोली भिड्दै छन् ?

    काठमाडौं- भारत र श्रीलंकामा जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत मंगलबार पनि तीनवटा खेल हुँदै छन्।

    यसअनुसार ग्रुप ‘ए’ का दुई र ग्रुप ‘डी’ का खेल हुनेछन्। पहिलो खेलमा नामिबिया र नेदरल्यान्ड भिड्नेछन्। यो खेल बिहान ११ः१५ मा दिल्लीमा हुनेछ।

    त्यसैगरी दोस्रो खेल अपराह्न ३ः१५ मा हुनेछ। चेन्नईमा हुने यो खेलमा न्युजिल्यान्ड र यूएई भिड्नेछन्।

    तेस्रो खेल साँझ ७ः१५ मा पाकिस्तान र अमेरिकाबीच हुनेछ। यो खेल श्रीलंकाको राजधानी कोलम्बोमा हुनेछ।

    हालसम्म समूह ‘ए’ बाट भारत र पाकिस्तानले पहिलो खेल जित्दै क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्। उनीहरुको समान २ अंक छ।

    समूह ‘बी’ बाट जिम्बाब्वे र श्रीलंकाले जित निकाल्दै २ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदा समूह ‘सी’मा १ खेलमा जित निकालेको वेस्ट इन्डिज पहिलो स्थानमा छ।

    दुई खेल खेलेको स्कटल्यान्डले १ खेलमा हार र १ मा जित निकाल्दै २ अंकसहित दोस्रो स्थानमा रहँदा १ खेलमा जित निकालेको इंग्ल्यान्ड दुई अंकसहित कम रनरेटको आधारमा तेस्रो स्थानमा छ।

    यता ग्रुप ‘डी’ मा दक्षिण अफ्रिका र न्युजिल्यान्डले पहिलो खेल जित्दै क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।

    सोमबारसम्मको नतिजाअनुसार ग्रुप ‘ए’ मा नेदरल्यान्ड र अमेरिकाले पहिलो खेलमा हार व्यहोरेका छन्।

    ‘बी’ बाट आयरल्यान्ड र ओमानले पनि पहिलो खेल गुमाएका छन्। समूह ‘सी’मा नेपाल र इटलीले पहिलो खेलमा हार व्यहोरेका छन् ।

    ‘डी’बाट अफगानिस्तान र क्यानडाले पनि पहिलो खेलमा पराजयपछि अंक जोड्न सकेका छैनन्।

    यूएई, अस्ट्रेलिया र नामिबियाले भने पहिलो खेल खेल्न बाँकी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images