images
images
  • सेयर बजारमा पहिरो, सबै सर्किट राताम्य

    काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ ।

    नेप्से परिसूचक २६.०५ अंकले घट्दै २६७२.३९ विन्दुमा झरेको हो ।

    अघिल्लो दिन आइतबार पनि नेप्से १०.२५ अंकले घटेको थियो ।

    सोमबार ३२४ कम्पनीका २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँमा किनबेच भए, जुन आइतबारको ११ अर्ब ६५ करोडको तुलनामा कम हो ।

    आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किटमा पुगेन ।

    कालिञ्चोक हाइड्रोपावर ९.९७%, राधी पावर ९.११% र लिवर्टी इनर्जी ७.८४% ले बढे ।

    कारोबार रकमका आधारमा रिडी पावर अग्रस्थानमा रह्यो (७७ करोड) ।

    एसवाइ प्यानल नेपाल, आँखुखोला जलविद्युत, लिवर्टी इनर्जी र नगदी ग्रुप पावर पनि उच्च कारोबार हुनेमा परे ।

    बजारमा ४२ स्टक बढ्दा २१२ घटे र ६ स्थिर रहे ।

    ट्रेडिङ बाहेक सबै उपसमूह राताम्य भए, फाइनान्स समूह सबैभन्दा धेरै २% ले घट्यो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images