images
images
  • आईसीसी टी–२० विश्वकप : इटालीविरुद्ध २०७ रनको विशाल लक्ष्य

    काठमाडौं– जर्ज मुन्सीको अर्धशतकमा स्टकल्यान्डले आईसीसी टी–२० विश्वकप २०२६ मा इटालीविरुद्ध २०७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    सोमबार भारतको कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको स्कटल्यान्डले इटालीविरुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०६ रनको योगफल खडा गरेको छ ।

    स्कटल्यान्डको निम्ति ओपनर जर्ज मुन्सीले सर्वाधिक ८४ रन बनाए । ५४ बल खेलेका मुन्सीले १३ चौका र दुई छक्का प्रहार गरे ।

    अविजीत रहेका ब्रान्डन म्याकमुलेनले ४१ रन जोडे । १८ बल खेलेका उनले चार छक्का प्रहार गरे ।

    ओपनर माइकल जोन्सले ३७ रन बनाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images