काठमाडौं– नेपाली बजारमा सोमबार पनि सुनको मूल्य उकालो लागेको छ ।
आइतबार तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको सुन आज थप ४ हजार १ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि आइतबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार सुनको भाउ २ लाख ९१ हजार रुपैयाँ रहेको थियो भने बिहीबार २ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ ।
चाँदी प्रतितोला २ सय ४० रुपैयाँले बढेर ५ हजार २ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
आइतबार भने चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















