काठमाडौं- आइसिसी टी-२० विश्वकप २०२६ मा आज हुने तीन खेलमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्।
कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीबीचको खेल बिहान सवा ११ बजे सुरू हुनेछ।
स्कटल्याण्डको यो दोस्रो खेल हो। पहिलो खेलमा ऊ वेस्ट इण्डिजसँग पराजित भएको थिय। इटालीको भने यो पहिलो खेल हो।
दिउँसो सवा ३ बजे जिम्बावे र ओमान भिड्दैछन्। समूह ‘बी’ मा रहेको दुई देशले पहिलो खेल खेल्न लागेका हुन्। खेल श्रीलंकाको कोलम्बोस्थित एसएससी ग्राउन्डमा हुँदैछ।
समूह ‘डी’ बाटै दक्षण अफ्रिका र क्यानडाबीच खेल हुनेछ।अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा बेलुकी पौने ७ बजे खेल हुनेछ।
यी दुई देशले पनि पहिलो खेल खेल्न लागेका हुन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















