images
images
  • नव नियुक्त प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतले दिए बधाई, भने- ‘मिलेर काम गर्न चाहन्छौं’

    काठमाडौं । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौंस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले मंगलबार ट्वीटरमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

    राजदूत बेरीले ‘अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उहाँसँग मिलेर काम गर्ने आशा गर्दछ’ भनेका छन् ।

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मंगलबार प्रधानमन्त्रीको शपथ लिएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images