काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई पक्राउ गरिएको पुष्टि गरे । ‘
तीन जनालाई पक्राउ गरेका छौं ।
उनीहरुबाट केही सामानहरु पनि बरामद भएका छन्’ एसपी भट्टराईले भने ।
प्रतिक्रिया दिनुहोस्























