काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १०.२५ अंक घटेको छ ।
०.३७ प्रतिशत गिरावट सहित सेयर बजार २६९८.४४ बिन्दुमा झरेको छ ।
आइतबार ‘अन्य’ र लगानी उपसूचक बाहेक अन्य सबै उपसूचकको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै २.१३ होटल र पर्यटन उपसूचकका लगानीकर्ताले गुमाएका छन् ।
आइतबार कुल ३ सय ३० धितोपत्रको १ लाख ११ हजार ९ सय ७८ कारोबारबाट २ करोड ६२ लाख ३६ हजार २ सय ४ कित्ता सेयर किनबेच भएको छ ।
आइतबार कुल ११ अर्ब ६५ करोड ९७ लाख बराबर कारोबार भएको देखिएको छ ।
आज सबैभन्दा धेरै १० प्रतिशतले सुपर माई हाइड्रोपावरको मूल्य बढेको छ ।
यसबाहेक रिडी पावर कम्पनी, खानीखोला हाइड्रो, हिमालयन हाइड्रोपावर सहित धितोपत्रका लगानीकर्ताले समेत आज धेरै कमाएका छन् ।
कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाए ।
यस धितोपत्रको मूल्य ८.९१ प्रतिशतले घटेको छ ।
यसबाहेक कर्पोरेट विकास बैंक, नारायणी विकास बैंकसहित धितोपत्रको मूल्य धेरैले घटेको छ ।
सुपर मादी हाइड्रोको आज सबैभन्दा धेरै कारोबार भएको छ ।


विश्व खबर 



















