images
images
  • टी–२० विश्वकप क्रिकेट : नेपाल र इङ्ल्यान्डबीच भिडन्त हुँदै, कसले मार्ला बाजी ?

    काठमाडौं– आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

    भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने उक्त खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

    विश्वकपमा नेपालको यो तेस्रो सहभगिता हो ।

    यसअघिका दुई विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

    नेपाल र इङ्ल्यान्ड पहिलोपटक भिड्दैछ्न ।

    टी–२० वरियतामा नेपाल १६औँ स्थानमा रहँदा इङ्ग्ल्यान्ड तेस्रो स्थानमा छ ।

    त्यस्तै इङ्ग्ल्यान्डले पछिल्लोपटक अमेरिकामा भएको विश्वकपको सेमिफाइनल खेलेको थियो भने यता नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

    प्रतियोगितामा समूह ‘सी’मा रहेको नेपालको समूहमा इङ्ल्यान्डसँगै वेष्टइन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images