images
images
  • आइसिसी टी-२० विश्वकप २०२६ : आज इंग्ल्याण्ड र नेपाल भिड्दै

    काठमाडौं- मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा समूह ‘सी’ अन्तर्गतको पाँचौं खेलमा इंग्ल्याण्ड र नेपाल भिड्दैछन्।

    खेल आइतबार नेपाली समयअनुसार दिउँसो सवा तीन बजे हुँदैछ। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोली पहिलो पटक एक-अर्काविरुद्ध मैदानमा उत्रिन लागेका हुन्। प्रतियोगिताको ‘सुपर ८’ चरणमा पुग्न दुवै टोलीका लागि यो खेल जित्दै सुखद सुरुवात गर्नु निकै महत्त्वपूर्ण छ।

    इंग्ल्याण्ड सन् २०२२ को टी-२० विश्वकप विजेता हो ।

    यस्तै, सन् २०२४ को विश्वकपमा छनोट भएपछि नेपाली क्रिकेटको स्तरमा ठूलो सुधार आएको छ। गत असोजमा शारजाहमा वेस्ट इन्डिजविरुद्ध २-१ को ऐतिहासिक सिरिज जित्नु नेपालका लागि कोशेढुङ्गा सावित भयो। नेपाल अब ठूला टोलीहरूलाई चुनौती दिन सक्ने सक्षम टोली बनेको छ।

    दुवै टोलीले आफ्ना पछिल्ला ५ खेलमा लगातार जित हात पारेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images