images
images
  • चार वर्षीया बालिका मृत्यु प्रकरण : रास्वपाका उम्मेदवारको कार चालकलाई ५ दिन हिरासत राख्ने

    काठमाडौं- रौतहटमा चार वर्षीया बालिका मृत्यु घटनामा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको कार चालकविरुद्ध ५ दिन म्याद थप भएको छ ।

    बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरका कार चालक रौतटहकै परोहा नगरपालिका–३ घर भएका २७ वर्षीय शेख मुस्ताखविरुद्ध पाँच दिनको म्याद थप भएको हो ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अदालतले ५ दिन हिरासत राखेर अनुसन्धान गर्न म्याद लिएको छ ।

    मुस्ताखले चलाएको कारलाई बिहीबार २ बजेतिर रौतहटको इशनाथ नगरपालिका–३ मठिया टोलमा चार वर्षीया बालिका अल्फा खातुनलाई ठक्कर दिँदा उनको ज्यान गएको थियो ।

    उक्त कार रास्वपाका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरको नाममा रहेको पाइएको छ ।

    उनकै चुनावी प्रचारमा खटिएका बेला दुर्घटना भएको थियो । त्यतिबेला कारमा भने सगिर सवार नरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images