images
images
  • एन्फा महिला च्याम्पियनसिप खेल तालिका फेरबदल

    काठमाडौं– एन्फा महिला च्याम्पियनसिप चार साता पछाडि सारिएको छ ।

    प्रतियोगिता अब आउँदो फागुन १ गतेदेखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

    उद्घाटन खेलमा गाईघाट एफसी र न्युरोड टिम (एनआरटी)ले प्रतिस्पर्धा गर्नेछन् ।

    उद्घाटन खेल उदयपुरको थरूहट रंगशालामा फागुन १ गते दिउँसो ३ बजे सुरु हुने एन्फाले जनाएको छ ।

    एन्फाले यसअघि यही माघ २ गतेदेखि प्रतियोगिता सुरु हुने गरी खेलतालिका सार्वजनिक गरेको थियो ।

    शुक्रबार (माघ २३) नयाँ तालिका सार्वजनिक गरिएको हो ।

    च्याम्पियनसिपमा गाईघाट एफसी, एनआरटी, विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपीएफ एफसी, आरएस रिसोर्ट, चर्च ब्वाइज युनाइटेड, छहारी एफसी, एफसी रियाले र संकटा एफसी गरी कुल १० टिमको सहभागिता छ ।

    प्रतियोगिताका सम्पूर्ण खेल सोही रंगशालामा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images