images
images
  • क्यानडाविरुद्ध नेपालको सानदार जित

    काठमाडौं– नेपालले आईसीसी पुरुष टी–२० विश्वकपको तयारीअन्तर्गत दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ ।

    चेन्नईमा क्यानडाविरुद्ध भएको खेलमा ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा नेपाल १२ बल बाँकी हुँदै ६ विकेटले विजयी भयो ।

    टस जितेर ब्याटिङ रोजेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाउँदै नेपाललाई १६२ रनको लक्ष्य दिएको थियो ।

    क्यानडाका नवनीत धालिवालले ४१ र शेयस मोव्वाले ३८ रन बनाए ।

    नेपालका लागि कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २ विकेट लिए भने नन्दन यादव र सोमपाल कामीले १–१ विकेट झारे ।

    जवाफी ब्याटिङमा नेपालले १८औँ ओभरमै लक्ष्य पूरा गर्‍यो ।

    आसिफ शेखले २९ बलमा ५८ रन बनाए भने सन्दीप जोराले ४४ र गुल्सन झाले ३१ रनको योगदान दिए ।

    यसअघि पहिलो अभ्यास खेलमा नेपालले यूएईलाई पराजित गरेको थियो ।

    अब नेपाली टोली विश्वकप खेल्न मुम्बई जानेछ र तीन दिनपछि इंग्ल्यान्डविरुद्ध आफ्नो यात्रा सुरु गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images