काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक बिहीबार दोहोरो अंकले बढेको छ ।
साताको सुरुदेखि अस्थिर रहेको नेप्से बुधबारसम्म करिब ३२ अंक घटे पनि बिहीबार २७.१९ अंकले उकालो लागेर २७०८.७० बिन्दुमा पुगेको हो ।
सेन्सिटिभ इन्डेक्स पनि ४.४७ अंकले बढेको छ ।
यस दिन ३ कम्पनी कालिञ्चोक दर्शन, सुपर मादी हाइड्रो र मोदी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कुल २०१ कम्पनीको सेयर मूल्य बढ्दा ५५ घटेका र ४ स्थिर रहेका छन् ।
अधिकांश समूहगत सूचक उकालो लाग्दा व्यापार समूह भने १८.५१ अंकले घट्यो ।
कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ ।
बिहीबार ३२६ कम्पनीको १ लाख ८ हजार ८ सय १७ कारोबारबाट ११ अर्ब ५८ करोड रुपैयाँ बराबरको ३ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर किनबेच भयो, जुन अघिल्लो दिनको तुलनामा उच्च हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















