काठमाडौं– आसन्न टी–२० क्रिकेट विश्वकपको दोस्रो वार्मअप खेलमा नेपालले आज क्यानडाको सामना गर्दै छ ।
नेपालले यसअघि विश्वकपको वार्मअप खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेलेको थियो ।
मुम्बईमा भएको उक्त खेलमा नेपालले यूएईलाई सात विकेटले पराजित गरेको थियो ।
आजको खेलमा नेपाल दोस्रो जितको खोजिमा हुनेछ ।
खेल भारतको चेन्नाईस्थित एमए चिदम्बरम क्रिकेट रंगशलामा नेपाली समयानुसार ३ बजे हुनेछ ।
भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि सुरु हुने विश्वकपको निम्ति कप्तान रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली फेब्रुअरी २ मा चेन्नाई पुगेको थियो ।
नेपालले यस संस्करण इंग्लयान्डसँग फेब्रुअरी ८ मा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
प्रतियोगितामा नेपाल समूह ‘सी’मा छ ।
यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















