images
images
  • सुन–चाँदीको मूल्यमा भारी गिरावट, चाँदीको पनि घट्यो (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ २२) सुनको भाउ प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको हो ।

    यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।

    अस्तिको तुलनामा भने हिजो सुनको मूल्य १४ हजार ४०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको थियो ।

    यसैगरी, चाँदीको मूल्य पनि घटेको छ ।

    चाँदी प्रतितोला ६२० रुपैयाँले ओरालो लाग्दै आज ४ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    हिजो चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images