काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्य फेरि बढेको छ । मंगलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ६०० कायम भएको छ ।
मंगलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल पाँच हजार ३३५ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५८ र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















