images
images
  • आयोगले समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गर्‍यो, ३ हजार १३५ उम्मेदवार

    काठमाडौं- समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन भएको छ ।

    निर्वाचन आयोगले दलहरूले बुझाएको विवरणउपर अध्ययन सकाएर अन्तिम अन्तिम नामावली प्रकाशन गरेको हो ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट १६५ र समानुपातिक तर्फबाट ११० जना निर्वाचित हुन्छन् ।
    समानुपातिक तर्फका लागि दलहरूले गत पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची बुझाएका थिए । प्राप्त उम्मेदवारीउपर छानबिन सकाएर आयोगले अन्तिम नामावली प्रकाशन गरेको हो ।

    निर्वाचन आयोगका अनुसार राजनीतिक दलहरूबाट पेस भएका ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा समानुपातिक उम्मेदवार रहेका छन् । सबै दल गरेर कुल उम्मेदवारको संख्या तीन हजार १३५ कायम भएको छ ।

    समानुपातिक निर्वाचन प्रणाली निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार प्रकाशित बन्दसूचीमा एक हजार ७७२ महिला र एक हजार ३६३ पुरूष उम्मेदवार रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images