images
images
  • नेपाललाई भारतको उपहारै–उपहार, चीनसँगको सम्बन्धमा कस्तो पर्ला असर ?

    नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा नेपालका प्रधानमन्त्री बालेन शाहसँग भएको द्विपक्षीय वार्ताका क्रममा नेपालको पुनर्निर्माण तथा विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विशेष सहयोग प्याकेज घोषणा गरेका छन् ।

    यसका अतिरिक्त दुई देशबीच आठवटा महत्त्वपूर्ण सम्झौतासमेत भएका छन् ।

    तीमध्ये अयोध्या–जनकपुर सीधा रेल सेवा र सीमा व्यापार सहजीकरणसम्बन्धी सम्झौता विशेष महत्त्वका छन् ।

    भारतले नेपाललाई यसरी विभिन्न सहयोग तथा सुविधाको घोषणा गरेपछि चीनको चासो बढ्नु स्वाभाविक देखिन्छ ।

    पछिल्लो समय चीनले पनि नेपाली सरकारसँग सम्बन्ध थप नजिक बनाउने प्रयास गरिरहेको थियो ।

    यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले भारतसँगको सम्बन्धमा असहजता देखाएको थियो ।

    त्यसबेला भारतले पनि विभिन्न अवसरमा आफ्नो कूटनीतिक अडान स्पष्ट पारेको थियो ।

    • दुवै देशका प्रधानमन्त्रीले पाँचवटा सम्पर्क तथा ऊर्जा परियोजनाको शिलान्यास र उद्घाटन गरेका छन् ।

    • नयाँ एकीकृत जाँच चौकी (इन्टिग्रेटेड चेक पोस्ट) निर्माण तथा उत्तराखण्डलाई नेपालसँग जोड्ने पुल निर्माणसम्बन्धी परियोजना अघि बढाइने भएको छ ।

    •  मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण र झापा पेट्रोलियम टर्मिनल निर्माणसम्बन्धी परियोजना पनि अघि बढाइने भएको छ ।

    • प्रधानमन्त्री बालेन शाहले भारतको प्रशंसा गर्दै के भने ?

    नेपालका प्रधानमन्त्री बालेन शाहले भारतलाई नेपालको विश्वासिलो छिमेकीका रूपमा चित्रण गरेका छन्। उनले कठिन परिस्थिति तथा प्राकृतिक विपत्तिका बेला भारत सधैँ सहयोगका लागि सबैभन्दा पहिले अगाडि आउने गरेको बताए।

    दुवै देशका प्रधानमन्त्रीले पाँचवटा सम्पर्क तथा ऊर्जा परियोजनाको शिलान्यास र उद्घाटन गरेका छन् ।

    नयाँ एकीकृत जाँच चौकी (इन्टिग्रेटेड चेक पोस्ट) निर्माण तथा उत्तराखण्डलाई नेपालसँग जोड्ने पुल निर्माणसम्बन्धी परियोजना अघि बढाइने भएको छ ।

    मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण र झापा पेट्रोलियम टर्मिनल निर्माणसम्बन्धी परियोजना पनि अघि बढाइने भएको छ ।

    प्रधानमन्त्री बालेन शाहले भारतको प्रशंसा गर्दै के भने, ‘नेपालका प्रधानमन्त्री बालेन शाहले भारतलाई नेपालको विश्वासिलो छिमेकीका रूपमा चित्रण गरेका छन् ।’

    उनले कठिन परिस्थिति तथा प्राकृतिक विपत्तिका बेला भारत सधैँ सहयोगका लागि सबैभन्दा पहिले अगाडि आउने गरेको बताए ।

    उनले नेपाल–भारत सम्बन्धलाई ‘हिमालजस्तै बलियो’ र ‘महासागरसरी विशाल’ भन्दै दुई देशबीचको सम्बन्धको प्रशंसा गरे ।

    प्रधानमन्त्री शाहले आपसी सम्मान, अटुट विश्वास र सद्भावना नै नेपाल–भारत सम्बन्धका आधारस्तम्भ भएको बताए ।

    उनका अनुसार भगवान् राम र माता जानकीको समयदेखि नै दुई देशबीच गहिरो ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको छ ।

    उनले रोजगारीका अवसर विस्तार गर्न दुवै देशले विकासका विभिन्न क्षेत्रमा आपसी सहकार्य बढाउनुपर्नेमा जोड दिए ।

    प्रधानमन्त्री शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न स्वागत गर्दै लगानीका लागि आह्वानसमेत गरे ।

    भारतमा आफ्नो भ्रमणका क्रममा गरिएको स्वागत तथा आतिथ्यप्रति प्रधानमन्त्री मोदीलाई धन्यवाद दिँदै उनले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएका छन् ।

    चीनसँगको सम्बन्धमा कस्तो प्रभाव पर्ला ?

    भारत नेपाललाई दिएको आर्थिक तथा विकास सहयोग र प्रधानमन्त्री बालेन्द्र शाहले भारतको प्रशंसा गरेको विषयलाई चीनले कसरी लिन्छ भन्ने चासो बढेको छ ।

    नेपाल–भारत सम्बन्धमा आएको सुधारले नेपाल र चीनबीचको सम्बन्धमा पनि प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

    यद्यपि, नेपाली विज्ञहरूका अनुसार प्रधानमन्त्री शाह भारतसँगको निकटता बढाउँदैमा चीनसँगको सम्बन्धलाई कमजोर बनाउने पक्षमा देखिँदैनन् ।

    उनी दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासमा रहने विश्लेषण गरिएको छ ।

    प्रधानमन्त्री शाहको परराष्ट्र नीतिलाई कुनै एक छिमेकी मुलुकतर्फ मात्र झुकाव राख्नेभन्दा पनि भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गर्ने दृष्टिकोणका रूपमा हेरिएको छ ।

    उता चीनले पनि नेपालसँगको सम्बन्धलाई निरन्तरता दिन कूटनीतिक पहललाई तीव्रता दिने संकेत देखाएको छ ।

    यसैबीच, प्रधानमन्त्री शाहको भारत भ्रमण हुनुअघि नै गत नोभेम्बर १९ मा चीनका लागि नेपालका नवनियुक्त राजदूत डा.कल्याणराज शर्माले बेइजिङमा आफ्नो कार्यभार सम्हालेका थिए। चीनले प्रधानमन्त्री शाहलाई बेइजिङ भ्रमणको निम्तोसमेत दिइसकेको छ ।

    पछिल्लो समय चीनले काठमाडौंसँग निरन्तर कूटनीतिक सम्पर्क कायम राख्दै आएको छ । –नवभारत टाइम्सबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images