images
images
  • सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयक फिर्ता लिने

    काठमाडौं- सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ।

    आज बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए।

    साथै निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको सालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरूयोजना निर्माण गर्न स्वीकृति दिने निर्णय पनि भएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images