images
images
  • रवि लामिछानेको खुल्ला चुनौती: जो-जो मिल्नु छ मिल, यो सुनामी रोकेर देखाऊ

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूलाई रास्वपाको ‘सुनामी’ रोकेर देखाउन खुल्ला चुनौती दिएका छन्।

    मंगलबार सामाजिक सञ्जालमार्फत लामिछानेले देश अब अन्तिम परिवर्तनको तयारीमा रहेको बताउँदै पुराना शक्तिहरूलाई रास्वपाको ‘सुनामी’ रोक्न चुनौती दिएका हुन्।

    ‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ,’ लामिछानेले लेखेका छन्, ‘मेरो खुला आग्रह छ, अझै पनि जो-जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ।’

    उनले जनविद्रोह र मतपत्रमार्फत उखेलेर फालिने पुरानो संसदलाई कुनै पनि षडयन्त्र वा चलखेलबाट फर्काउने प्रयास भए त्यो स्वीकार्य नहुने चेतावनी समेत दिएका छन्।

    rabi 1 rabi 2

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images