images
images
  • BREAKING NEWS – प्रधानमन्त्री कार्कीले गरिन् चुनाव सार्ने प्रस्ताव

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा अत्यधिक हिमपात र चिसोका कारण समस्या भएमा त्यस्ता स्थानमा निर्वाचन दोस्रो चरणमा गर्न सकिने संकेत दिएकी छन् ।

    मंगलबार पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा आयोजित राष्ट्रिय सेवादल दीक्षान्त समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आवश्यकता परे दोस्रो चरणमा चुनाव सार्न सकिने बताइन् ।

    यद्यपि सरकारले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन गराउने तयारी गरिरहेको र गाडी पुग्ने स्थानसम्म मतदाता ओसारेर मतदान गराउने विकल्पबारे छलफल भइरहेको उनको भनाइ थियो ।

    प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याउँदै अब चुनाव नसर्ने स्पष्ट पारिन् ।

    निर्वाचनले देशलाई निकास, स्थायित्व र शान्ति दिने विश्वाससमेत उनले व्यक्त गरिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images