images
images
  • भक्तपुर–२ : कांग्रेस–एमाले–नेमकिपाको गढमा नेकपा–रास्वपा बाजी मार्ने दाउमा, नयाँको च्याँखे

    काठमाडौं– भक्तपुर क्षेत्र नम्बर–२ परम्परागत रूपमा नेमकिपा, कांग्रेस र एमालेले आलोपालो जित्दै आएको निर्वाचन क्षेत्र हो ।

    यसपटक भने नयाँ अनुहारहरूको प्रवेशसँगै ‘पुराना बनाम नयाँ’ प्रतिस्पर्धा देखिएको छ ।

    इतिहास हेर्दा २०४८ मा कांग्रेस, २०५१ मा नेमकिपा, २०५६ मा पुनः कांग्रेस, २०६४ मा नेमकिपा, २०७० मा कांग्रेस, २०७४ मा एमाले र २०७९ मा कांग्रेस विजयी भएका थिए ।

    २०७९ को चुनावमा कांग्रेसका दुर्लभ थापाले झिनो मतान्तरले एमालेका महेश बस्नेतलाई हराएका थिए ।

    नेमकिपा, रास्वपा र राप्रपाको पनि उल्लेख्य मत रहेको क्षेत्र हो यो ।

    आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा यहाँ ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    एमालेबाट महेश बस्नेत ‘कमब्याक’को दाउमा छन् भने कांग्रेसले कविर राणालाई अघि सारेको छ ।

    रास्वपाबाट राजीव खत्री, नेमकिपाबाट रमेश वैद्य, राप्रपाबाट विक्रम थापा, उज्यालो नेपालका जितराम लामा र प्रलोपाका जन्मदेव जैसीलगायत नयाँ–पुराना अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

    यस क्षेत्रमा ९८ हजार ३५६ मतदाता छन् ।

    मध्यपुर थिमीका ९ वडा र सूर्यविनायकका १० वडा समेटिएको क्षेत्रमा ३९ मतदान स्थल र ११४ मतदान केन्द्र तोकिएका छन् ।

    चुनावी प्रतिस्पर्धा विकास, सुशासन, रोजगारी र पूर्वाधारका एजेन्डामा केन्द्रित देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images