images
images
  • २०७९ सालमा एमालेको चुनावी बाचा : न आयो रेल, न गए भ्रष्टचारी जेल

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०७९ सालको चुनावमा काठमाडौंबाट विभिन्न ठाउँलाई जोड्ने रेल सञ्चालनदेखि नेपालकै झन्डासहितको पानी जहाज चलाउने उद्घोष गरे । तर यो तीन वर्षमा रेल र पानी जहाजको पूर्वाधारसम्म पनि आएन, चुनाव भने आयो । आगामी २१ फागुनमा जेनजी सरकारले प्रतिनिधिसभाको चुनाव गराउँदै छ ।

    यो चुनावमा एमाले पनि अन्य ठूला दलजस्तै देशभर चुनावी मैदानमा छ । २०७९ सालको चुनावी बाचाअनुसारको पानीजहाज र रेल किन आएन या अब कहिले आउँछ रु थाहा पाउन एमालेले पनि चुनावी घोषणापत्र जारी गरिसकेको छैन ।

    तर मैदानमा आकर्षक घोषणापत्र बोकेर आक्रामक प्रचार गर्ने एमाले पनि अन्य ठूला दलजस्तै विगतका चुनावी बाचामा खरो उत्रन भने सकेन ।

    २०७९ सालको निर्वाचनपछि १४ महिनाभन्दा बढी ओलीले सरकारको नेतृत्व गरे । तर निर्वाचनअघि एमालेले सार्वजनिक गरेको घोषणापत्र र ओली आफैँले भन्दै आएका महत्वाकांक्षी योजना पूरा गर्न असफल भए । पानी जहाज कार्यालय त खुल्यो तर पानी जहाज चलेन । रेलको सपना ओलीले देखाए तर सरकारको नेतृत्व गर्दै सिंहदरबार पुग्दा उनी आफैँले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न असफल भए ।

    एमाले उपमहासचिव लेखराज भट्ट निर्वाचनअघि व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्नका लागि समय नै नपाएको बताउँछन् । पानी जहाजदेखि रेलका विषयहरू पूरा गर्न पाँच वर्ष नै सरकारको नेतृत्व गर्न नसकेका कारण पूरा गर्न नसकिएको उनको जिकिर छ । सरकारमा बस्दा पूर्वाधार विकासका काम के भए भन्ने विषयको स्पष्ट जवाफ भने उनीसँग छैन ।

    यो निर्वाचनमा बहुमतसहित जनताले एमालेलाई विजयी गराएर एमालेले सरकारको नेतृत्व गरे पाँच वर्षभित्रमा सबै योजना सफलतापूर्वक पूरा गर्ने उनले बताए । २०८२ को निर्वाचनपछि एमालेले बहुमतसहितको सरकार गठन गर्ने र व्यक्त गरेका प्रतिबद्धता पनि पूरा गर्ने उनले बताए । निर्वाचनका लागि घोषणापत्र तयारी भइरहेको बताउँदै उनले छिट्टै सार्वजनिक गरिने बताए ।

    २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ भन्ने मूल नाराका साथै राष्ट्रिय संकल्प र ‘समृद्ध नेपाल, सुखी नेपाली’सहित विभिन्न प्रतिबद्धता गरेको थियो । एमालेको सरकार गठन भए पाँच वर्षभित्रमा विभिन्न काम सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरेको भए पनि सरकारमा बसेर पनि यी काम गर्न सकेन । एमालेले चार संकल्प भन्दै ‘सुशासन, विकास, समृद्धि र समानता’को बाचा गरेको थियो ।

    घोषणापत्रमा आफ्नो नेतृत्वको सरकार भए २० कामको ग्यारेन्टी गर्ने लक्ष्य एमालेले राखेको थियो । त्यसमा नेपालीलाई मात्र नागरिकता, ‘हंगर नो लंगर’, उत्पादन स्वदेशी–बजार विदेशी, सुरक्षित छाना–पुग्छ सबैको चाहना, कमाई युवाको रोजाइ–पढाइ भविष्यको रोजाइ, प्रेसर सुगर भइन्न बिरामी औषधि बेगरलगायत समेटिएको थियो ।

    खानेपानीमा फ्री मिटर–१० हजार लिटर, फ्री युनिट–५० युनिट, खेताबारीमा पानी– खाडीमा हैन स्वदेशमै जवानी, दिनदिनै सडक विस्तार–विकासका पूर्वाधारका आधार, भूमिगत तार– सहर बजार, नो लाइन–सेवा अनलाइन, ५ लाख रोजगार– न्यूनतम ज्याला २५ हजार, समृद्धिसँगको नाता–सबैको बैंक खाता, स्वस्थ महिनावारी– १५ सय वर्षभरि, फाइभजी सञ्चार– आइटीमा चमत्कार, हामी सामाजिक–सभ्य नागरिक, हाम्रो अर्थ– सय खर्ब जस्ता लक्ष्य पूरा गर्ने एमालेको प्रतिबद्धता थियो ।

    विघटित संसद्को दोस्रो ठूलो दल एमालेले पाँच वर्ष सरकार चलाउन पाए देशको आर्थिक वृद्धिदर दोब्बर बनाएर अर्थतन्त्रको आकार सय खर्ब पु¥याउनेदेखि २० वटा ‘ग्यारेन्टी’सहितका प्रतिबद्धता व्यक्त घोषणापत्र सार्वजनिक गरेको थियो । नेपालीको औसत प्रतिव्यक्ति आम्दानी ३ लाख ९२४०० अमेरिकी डलर० पु¥याउने, आर्थिक औद्योगिक कोरिडोरहरूको पूर्वाधार निर्माण गर्ने, १५ विशेष आर्थिक क्षेत्र र १ सय ३ वटा औद्योगिक ग्रामको पूर्वाधार विकास गरी उद्योगहरूको स्थापना गर्ने, दुई वर्षभित्र स्थानीय तहका ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माण गर्नेलगायत प्रतिबद्धता एमालेले अघि सारेको थियो ।

    त्यस्तै, ७ सय ५३ पालिकामा खाद्य भण्डार स्थापना गर्ने, कुनै पनि नेपाली नागरिक आवासविहीन वा सडक मानवको अवस्थामा नरहने ग्यारेन्टी गर्ने, सबै परिवारलाई वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने, दुई वर्षभित्र ७ सय ५३ वटै पालिकाका केन्द्र जोड्ने पक्की सडक निर्माण गरिसक्ने, पाँच वर्षमा रोजगारी र स्वरोजगारी गरी २५ लाख रोजगारी सिर्जना गर्ने, कम्तीमा दुईवटाका दरले ७ सय ५३ पालिकामा १ हजार ५ सय ६ प्राविधिक विद्यालय सञ्चालन गर्ने प्रतिबद्धता एमालेले गरेको थियो ।

    २०७९ सालको निर्वाचनमा एमालेले सुशासनको सवाल गम्भीर रूपमा उठाउँदै भ्रष्टाचारमा संलग्नहरूप्रति शून्य सहनशीलता अपनाउने, कानुनी र प्रशासनिक कारबाही तीव्र बनाउने, भ्रष्टहरूलाई जेलको बास गराउनेजस्ता आकर्षक बाचा गरेको थियो । तर यी बाचाअनुसार अपवादबाहेक भ्रष्टाचारीहरू कानुनी कठघरामा आउनै सकेनन् । एमाले अध्यक्ष ओलीले करिब १४ महिना सरकारको नेतृत्व गरे ।

    २०७९ मंसिरको निर्वाचनलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा एमाले–माओवादी सरकार बने पनि यी प्रतिबद्धता पूरा गर्न सकेनन् । त्यो सरकार दुई महिना मात्र टिकेको थियो । त्यसपछि ओलीकै नेतृत्वमा कांग्रेस–माओवादी गठबन्धन सरकार बनेपछि ती प्रतिबद्धता कार्यान्वयन हुन सकेनन् । २०८१ असारमा कांग्रेस–एमाले गठबन्धन सरकार बन्यो तर एक वर्षसम्म एमालेले गत निर्वाचनमा घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धता अधुरै रह्यो । ओली आफैले बोलेका कुरा सरकारमा पुगेपछि पूरा गर्न असफल भए । –पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images