images
images
  • प्रतिनिधि सभा निर्वाचन : आयोगले समानुपातिक बन्दसूचीबाट ७६ जनालाई हटायो, यस्तो छ कारण

    काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको छ ।

    सोमबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारहरूको विवरण रुजु भई ७६ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको जनाएको हो ।

    ‘समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीका सम्बन्धमा पर्न आएका उजुरी, प्रचलित कानुन बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवम् राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा ७६ जनाको नाम हटाउने निर्णय भएको हो,’आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।

    -कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना
    -प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना
    -निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना
    -पच्चीस वर्ष उमेर पूरा नभएका ४ जना
    -मतदाता नामावलीमा नाम समावेश नभएका १ जना
    -मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जना
    -महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरुष उम्मेदवार पेस भएका १ जना
    -नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएका १० जना
    -माथि उल्लिखित कारणहरूमध्ये एकभन्दा बढी कारण भएका २ जना ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images