काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २ लाख ६८ हजार २८८ रूपैयाँ घुस लिएको आरोपमा भन्सार अधिकृत सहित ३ जनालाई नियन्त्रणमा लिएको छ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखा अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र निकिसी शाखाका नायब सुब्बा छविप्रसाद रिजाललाई अख्तियारले नियन्त्रणमा लिएको हो।
उनीहरुलाई अख्तियारको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको जनाइएको छ।
सहयोगी गणेशप्रसाद र नायब सुब्बा छवि प्रसादको साथबाट स्रोत नखुलेको रकम र २३ थान मोबाइल पनि बरामद गरेको आयोगले जनाएको छ।
आयोगका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्






















