काठमाडौं– नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपासँग चुनावी तालमेलको प्रस्ताव गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव नेपाललाई फोनमार्फत सहकार्यको प्रस्ताव राखेका थिए ।
नेकपा नेता वर्षमान पुनका अनुसार उक्त प्रस्तावबारे नेकपाले छलफल गरेर निष्कर्षमा पुग्ने छ ।
उता एमाले नेता राजेन्द्र गौतमले औपचारिक रूपमा कुनै दलसँग वार्ता नभएको तर नेतास्तरमा अनौपचारिक कुराकानी हुन सक्ने बताए ।
यसैबीच ओलीले चुनाव निष्पक्ष नहुने आशंका सार्वजनिक रूपमा व्यक्त गर्दै चुनाव सार्न लबिङ गरिरहेका छन् ।
हालै ओली, प्रचण्ड र कांग्रेसका नेता शेरबहादुर देउवाबीच भेटवार्ता भएको स्रोतले जनाएको छ ।
उक्त भेटमा ओलीले झापा–५ मा आफ्ना लागि र दाङमा महासचिव शंकर पोखरेलका लागि सहयोग मागेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















