images
images
  • पाकिस्तानमा १४५ जना आतंककारी, १७ सुरक्षाकर्मी र ३१ जना सर्वसाधारणको मृत्यु

    काठमाडौं– पाकिस्तानको सुरक्षा बलले दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा समन्वित आतंकवादी आक्रमणलाई विफल तुल्याउदा कम्तिमा १४५ जना आतंककारी १७ सुरक्षाकर्मी र ३१ जना सर्वसाधारणको ४० घण्टाको अवधिमा मृत्यु भएको बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले बताएका छन् ।

    बलुचिस्तानका मुख्यमन्त्री बुगतीले क्वेट्टामा पत्रकार सम्मेलनमा प्रान्त भरका विभिन्न स्थानमा आतंकवाद विरोधी अभियान र आतंकवादी आक्रमणका क्रममा उक्त हताहत भएको पुष्टि गरेका हुन् ।

    प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मीले प्रान्त भरि धेरै आक्रमण गरेको उल्लेख गर्दै सुरक्षा फौजले तत्काल र निर्णायक प्रतिक्रिया दिएको उनले बताएका हुन् ।

    बुगतीले यस घटनालाई पाकिस्तानले आतंकवादविरुद्ध चलाएको युद्ध पछि यति छोटो अवधिमा रेकर्ड गरिएको सबै भन्दा धेरै आतंकवादी हताहत भएको बताए ।

    यसैबीच रक्षामन्त्री ख्वाजा आसिफले आक्रमण पछि बलुचिस्तानमा पुनः शान्ति पुनर्स्थापित भइसकेको उल्लेख गर्दै र सुरक्षा बलले बाँकी खतराहरू हटाउन मोपिङ अप अपरेसन गरिरहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images