images
images
  • एमालेले तयार पार्दै गरेको घोषणापत्रमा के छ ?

    काठमाडौं– नेकपा (एमाले)ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पार्दै गरेको चुनावी घोषणापत्रमा राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।

    एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र लेखनको काम जारी छ र फागुनको पहिलो वा दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी छ ।

    पुस २२ गतेको सचिवालय बैठकले ओलीको नेतृत्वमा ६ सदस्यीय मस्यौदा समिति गठन गरेको थियो, जसमा रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।

    २०७९ को निर्वाचनमा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित सुशासन, विकास र समृद्धिलाई जोड दिएको थियो ।

    अघिल्लो घोषणापत्रमा बलियो राष्ट्रियता, सुदृढ लोकतन्त्र, आर्थिक वृद्धि, रोजगारी, पूर्वाधार विकास, डिजिटल सेवा विस्तार र प्रतिव्यक्ति आय वृद्धि जस्ता प्रतिबद्धता समेटिएका थिए ।

    यद्यपि सरकारमा सहभागिता भए पनि ती प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन हुन सकेनन् ।

    यसपटक पनि एमालेले राष्ट्रियता, दिगो आर्थिक विकास, वैज्ञानिक भूमिव्यवस्थापन र सन्तुलित परराष्ट्र नीतिलाई घोषणापत्रका मुख्य मुद्दा बनाउने संकेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images